Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

अर्चना पनेरुको ‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने Featured

chhesko

काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ ।  यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका हुन्  ।

सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिएका छन् ।
 
नायिका पनेरुले खेलेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआइकनै विवादमा आएकाले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले ‘पास’ गर्न समय खर्चिएको थियो । चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठ यो चलचित्रलाई पूर्ण पारिवारिक भएको बताउँदै भने, “यो मनोरञ्जनात्मक पूर्ण पारिवारिक कथा बोकेको चलचित्र हो ।
 
बाबु–आमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने यसले सन्देश दिन्छ ।” उनको कथन थियो, “छेस्को सानो सिन्को भएपनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुन्छ । चलचित्र हेरेपछि तपाईंले यही महसुस गर्नुहुन्छ ।”
 
शुक्रबार एउटा मात्र चलचित्र चल्ने र कोही प्रतिस्पर्धामा नहुने भएकाले पनि निर्माण पक्ष उत्साहित भएको बताइएको छ । साथै यसबाट उठेको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई सहयोग गरिने नायक श्रेष्ठले जानकारी दिए ।


hamrakura

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us