Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

आगालगीबाट ६ लाख ५० हजार बराबरको क्षति

खोटाङ, सप्तरी, माघ ३ गते।पूर्वका दुई जिल्ला खोटाङ र सप्तरीमा आइतबार आगलागीबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ।

 

खोटाङको च्यानडाडा-२ बस्ने महेश गुरुङको १ तले घरमा अपरान्ह ३ बजेतिर अचानक सोलारको तार सर्ट भई आगलागी भएको हो।

आगालगीबाट गुरुङको नगद १५ हजार, १ तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ।

त्यस्तै सप्तरीको कन्चनरुप-४ बस्ने गोसाई शर्माको गाई गोठमा समेत आगलागी भएको छ।

बेलुका ९ बजेतिर गोठमा बालेको आगोबाट अचानक सल्किएको आगोले उनको ३ वटा बाख्रा तथा गोठ पूर्ण रुपमा जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us