Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

झापा र मोरङमा सवारी दुर्घटना चार घाईते Featured

झापा, मोरङ, चैत्र १६ गते। पूर्वको झापा र मोरङ जिल्लामा मंगलबार भएको सवारी दुर्घटनामा परी चार जना घाईते भएका छन्।



झापा;- झापाको मेची नगरपालिका-१३ धाईजनमा मोटरसाईकलको ठक्करबाट तीन जना घाईते भएका छन्।

मेची राजमार्गमा मे ७ प १४५५ नम्बरको मोटरसाईकलले साईकलयात्री सोही ठाँउका लक्ष्मीशरण अधिकारीलाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मेची नगरपालिका-६ बस्ने आयुष प्रधान र पछाडी सवार नविन पोखरेल समेत घाईते भएका छन्।

घाईते तीनै जनालाई उपचारकालागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएको प्रहरी चौकी चारआलीले जनाएको छ।

मोरङः- मोरङको टंकीसिनवारी ४ मा अल्फावेट नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्।

घाईते हुनेमा भारत बिहार घर भई हाल शिवम प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आईरहेका अशोक झा रहेका छन्।

झालाई कोशी राजमार्गमा दक्षिणतर्फ गईरहेको तत्काल अल्फावेट नखुलेको ८४०० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।

ठक्करबाट घाईते झालाई उपचारकालागी बिराट मेडिकल कलेज बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

फरार मोटरसाईकलको खोजी भईरहेको उक्त कारयालयले जनाएको छ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us