Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

आज राष्ट्रिय धान दिवस, मनसुनले किसान उत्साहित

१५ असार, काठमाडौँ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।

 

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।

धान उत्पादन बढ्ने अनुमान

आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहको किसानका लागि यो वर्ष परिणम सुखद् हुने देखिएको छ ।

मौसमले साथ दिएका कारण यो वर्ष बैलैमा रापाईं सुरु भएको छ भने लामो समय मौसम अनुनूलहुने विज्ञहरुको पूर्वानुमानले किसानमा आशा पलाएको छ ।

कृषि विकास मन्त्रालय पनि मौसम यस पटक साथ दिने संकेत दिएकाले धान उत्पादन बृद्धि हुने विश्वासमा छ ।

तीन वर्षअघि ५० लाख ७० हजार मेटि्रकटन धान उत्पादन भएको थियो । मौसम अनुकुलता रहिरहे र प्राकृतिक विपत्ति नआएमा आगमी वर्ष चालू आवको तुलनामा थप ७ लाख ७३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालको छ ।

गत वर्ष देशभर ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

 

 

 

onlinekhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us