Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

फुटबलर विमलकी बहिनी मृत अवस्थामा फेला Featured

जेष्ठ १३, २०७३- नवलपरासीस्थित आफ्नै घरमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगर मृत अवस्थामा फेला परेकी छिन् ।



नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन् । ‘उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ । कोठामा रगतको दाग पनि भेटिएको छ,’ उनले भने, ‘उनको आमा बुटवल जानु भएको रहेछ । घरमा उनी एक्लै थिइन् ।’

प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनिषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका एकजना केटासहित अर्को एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।

‘हत्या हो वा आत्महत्या हामी अहिले नै भन्न सक्ने स्थितीमा छैनौं,’ एसपी चौधरीले भने, ‘प्राप्त भएको जानकारीका आधारमा दुईजनालाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु भइसकेको छ । बाँकी तथ्य पोस्टमार्टम पछि खुल्न सक्छ ।’

ekantipur

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us