Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

चक्काजामले देशभरको जनजीवन प्रभावित, प्रहरीले सुरु गर्यो यातायात सेवा Featured

काठमाडौं, १३ जेठ । यातायात व्यवसायीले बिहीबार ट्राफिक जरिवाना शुल्क वृद्धिको विरोधमा गराएको चक्काजामले मुलुकभरको जनजीवन प्रभावित भएको छ । चक्काजामका कारण सार्वजनिक यातायात साधान सञ्चालन नहुँदा सर्वसाधरण व्यक्तिहरु हिँडेरै गन्तव्य तर्फ जान बाध्य भएका छन् ।


निजी सवारी साधान तथा भाडाका ट्याक्सी सञ्चालनमा आएपनि निम्न आएश्रोत भएका नागरिकलाई सास्ती दिने गरी गरिएको चक्काजामले शिक्षण संस्था पनि पूर्ण रुपमा प्रभावित भएका छन् ।
यसैबीच, यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुहरुका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।
प्रहरीका अनुसार दुई रुटमा बस सञ्चालन गरिएको हो । पहिलो रुट अनुसार प्रहरी प्रधान कार्यालय नक्सालबाट पुतलीसडल, थापाथली, पुल्चोक, जावलाखेल हुँदै एकान्तकुना बल्खु, कालीमाटी, त्रिपुरेश्वर हुँदै पुनः नक्साल आउनेछ । अर्काे रुट अनुसार नक्सालबाट ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, लाजिम्पाट, महारजगञ्ज, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्सालमा आउनेछ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us