Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले एक्जियटा गु्रप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने  आफ्ना ग्राकहहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ ।



बिहिबार (जेष्ठ १३) बाट लागु हुने यो योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित रु १,५०० मा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् । 

यो योजना अन्र्तगत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रगोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ ।

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार (८)१७१२७ ह्यास (३) डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार (८)१७१२९ ह्यास (३) डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् ।

“रोमिङ्मा रहेका बेलामा डेटा सेवाको माग एकदमै बढिरहेको अहिलेको अवस्थामा, हामी हाम्रा ग्राहकका लागि अनलिमिटेड दैनिक डेटा रोमिङ् प्याक ल्याउन पाउदा खुशी छौ । यो योजनाले ग्राहकहरुलाई विषेश महत्व राख्दछ र एक्जियटा गु्रप नेटवर्क भित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभ शुल्कमा डेटा सेवा प्रगोग गर्न मद्दत गर्दछ ।” एनसेलका इन्टरप्राईज निर्देशक प्रणय राज आचार्यले भने । “हामी ग्राहकहरुको सेवा प्रतिको राम्रो अनुभव बढाउनका लागि थप योजनाहरु सार्वजनिक गर्दै जाने छौ ।” 

दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रगोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने छ ।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us