Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

दुई नेपाली कोपनहेगन म्याराथनमा Featured

काठमाडौं: 'रन फर नेपाल'भन्ने नारासहित आयोजना भएको टेलेनोर कोपनहेगन म्याराथनमा नेपालका दुई धावक मनोज दाहाल र मेन्दो लामाले भाग लिएका छन्।
 
दाहाल र लामा पतिपत्नी हुन् । डेनमार्कमा बसोबास गर्दै आएको यो दम्पतीलाई म्याराथनमा कोपनहेगनस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो।


 
म्याराथनको निर्धारित दूरी दाहालले पाँच घन्टा नौ मिनेट २७ सेकेन्डमा र लामाले पाँच घन्टा नौ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए। डेनमार्कमा हरेक वर्ष आयोजना हुने यो म्याराथन विश्वको चर्चित म्याराथनमा पर्छ।
 
 राष्ट्रको प्रतिनिधित्व गर्दै म्याराथनका सहभागिता जनाउन पाउनु आफूहरूका लागि गौरवको विषय भएको दाहाल र लामाले बताए।यो म्याराथनमा नेपाली धावकको सहभागिताले विश्व समुदायबीच नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको डेनमार्कका लागि नेपालका राजदूत रामकाजी खड्काले बताए।
 
 दाहाल र लामा दम्पतीको हौसला बढाउन म्याराथन रुटका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिति रहेको थियो। म्याराथनमा विश्वका विभिन्न ९१ देशका नौ हजार तीन सय ८० जना धावकले भाग लिएका थिए।
 
म्याराथनको उपाधि इथियोपियाका अस्चालिउ विरुहुन्देले जिते। उनले निर्धारित दूरी दुई घन्टा २० मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए।

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us