Menu
हराएका तथा चोरी भएका मोवाईल हस्तान्तरण

हराएका तथा चोरी भएका मोवाईल हस्तान्…

हराएका तथा चोरी भएका मो...

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु छ घाइते

दुल्हन फर्काउन जाँदैगरेको गाडी दुर्…

धनकुटा फाक्सिव-६ मा आइतबा...

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्व...

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने

एनसेलबाट इन्टरनेट अब १० पैसा प्रति …

काठमाडौं, असार १५। एनसे...

Prev Next

काबुलमा आत्मघाती आक्रमणमा १३ को मृत्यु, नेपालीहरु परेको आशंका

६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ ।

अात्मघाती अाक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे भएको जनाइएको छ ।

 

रोयटर्स समाचार संस्थाका अनुसार पुल ए चर्खी भन्ने स्थानमा  बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन् ।

 

रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए । तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ ।

 

उता अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले सरकारी अधिकारीलार्इ उद्धृत गर्दै  १२ जना सम्म नेपाली बसमा रहेको हुनसक्ने जनाएको छ ।

 

 अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूज टिभीले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार मृत्यु हुनेको संख्या १३ रहेको छ भने घाइतेको संख्या २६ रहेको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको  टोलो न्यूजले दाबी गरेको छ ।

 

विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् ।

 

 

onlinkhabar

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

back to top

Sections

Shows

Local News

About Us

Follow Us